नापोली कोपा इटालियाको अन्तिम आठमा प्रवेश

काठमाडौं, पुस २९
घरेलु लिगमा पछिल्ला दुई खेलमा लगातार हार व्यहोरेको इटालियन क्लब नापोली नकआउट प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को खेलमा नापोलीले आफ्नो घरेलु मैदानमा पाहुना टोली पेरुगियालाई २–० ले हराउँदै नकआउट चरण पुगेको हो ।

घरेलु मैदानमा नापोलीले २ वटै गोल पेनाल्टीमार्फत् हानेको थियो । दुवै पक्षबाट गरी पहिलो हाफमा तीन पेनाल्टीको निर्णय भए पनि पेरुगियाका खेलाडी भने चुकेका थिए । घरेलु टोली नापोलीका लागि खेलको २६औं मिनेटमा लोरेन्जो इन्साइनले पेनाल्टीमार्फत् गोल गरेका थिए ।

त्यसपछि खेलको ३८औं मिनेटमा नापोलीले दोस्रो पेनाल्टी पायो । सो पेनाल्टी भिएआरबाट दिइएको थियो । सो पेनाल्टी पनि इन्साइनले नै प्रहार गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाए ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा पेरुगियाले पनि पेनाल्टी पायो । बक्समा नापोलीका खेलाडीले ह्यान्ड बल गरेपछि रेफ्रीले भिएआरबाट पेनाल्टीको मौका दिएका थिए । तर, पिइट्रो लेमोल्लोको प्रहार नापोलीका किपरले रोकेपछि पाहुना टोलीले खेलमा फर्किने अवसर गुमाएको थियो ।

त्यसपछि खेलको दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल नापोलीले २–० ले जित्यो । यससँगै नापोली क्वार्टरफाइनलसमेत प्रवेश गरेको छ ।

प्रकाशित मिति २९ पुष २०७६, मंगलवार २१:५७
Loading...