कोपा डेल रे फुटबलको ड्र सार्वजनिक : कसको भिडन्त कोसँग ?

काठमाडौं, पुस २९
स्पेनिस नकआउट फुटबल प्रतियोगिता कोपा डेल रे फुटबलको ड्र सार्वजनिक भएको छ । स्पेनिस फुटबल संघले आज अन्तिम ३२ अर्थात् तेस्रो चरणको ड्र घोषणा गरेको हो ।

यसपटकदेखि यस प्रतियोगितामा नयाँ ढाँचा लागू गरिएको छ । यसअघि अन्तिम ३२ बाटै पहिलो र दोस्रो लेग खेलाइँदै आएकोमा यसपटकदेखि भने सिंगल म्याच मात्रै खेलाइनेछ । एक खेलमा विजयी हुने टिम अर्को चरण पुग्नेछ । तर, सेमिफाइनलका खेल भने होम एन्ड अवे गरी दुई लेगमा खेलाइनेछ ।

अन्तिम ३२ का १६ वटै खेल एकैदिन जनवरी २२ का दिन हुनेछन् । खेलको समय पनि तय भएको छैन । त्यसपछि अन्तिम १६ का लागि ड्र हुनेछ । यस्तो छ ड्र :

  1. बाडोजज भर्सेस इएबार
  2. इल्ची भर्से एथ्लेटिक बिल्बाओ
  3. इबिजा भर्सेस बार्सिलोना
  4. जारागोजा भर्सेस मालोर्सा
  5. रियल सोसिडाड भर्सेस इस्पान्योल
  6. युनियनइस्टास भर्सेस रियल मड्रिड
  7. जिरोना भर्सेस भिल्लारियल
  8. मिरान्डेस भर्सेस सेल्टा भिगो
  9. कल्चरल लियोनेसा भर्सेस एथ्लेटिको मड्रिड
  10. सिड इब्रो भर्सेस लेगानेस
  11. बाडालोना भर्सेस ग्रानाडा
  12. रायो भालेकानो भर्सेस रियल बेटिस
  13. रेक्रेटिभो भर्सेस ओसासुना
  14. टेनेराइफ भर्सेस भाल्लाडोलिड
  15. लोग्रोनेस भर्सेस भ्यालेन्सिया
  16. सेभिल्ला भर्सेस लेभान्टे

प्रकाशित मिति २९ पुष २०७६, मंगलवार १८:५१
Loading...