मेस्सीसँग सेटिनको त्यो पहिलो भेट– ‘म नमर्दासम्म तिमी फुटबल खेलिराख’

एजेन्सी, पुस २९
स्पेनिस क्लब बार्सिलोनाले हालै नियुक्त गरेका नयाँ प्रशिक्षक क्विके सेटिन कप्तान लिओनल मेस्सीका एक ठूला फ्यान हुन् भन्ने कतिलाई थाहा नहुन सक्छ । विगतमा ला लिगाकै क्लब लस पाल्मस र रियल बेटिसका प्रमुख प्रशिक्षक बनिसकेका सेटिनले दशकअघि नै मेस्सीको प्रशंसा गरेका थिए, जुन भनाइ अहिले पनि धेरैले याद गर्छन् ।

बार्सिलोनामा त्यत्तिबेला प्रशिक्षक पेप ग्वार्डिओला थिए । त्यसबैला सेनिट र मेस्सीको पहिलोपटक भेट भएको थियो । उनी त्यत्तिबेला आफ्ना साथी पेप ग्वार्डिओलाको निम्तामा बार्सिलोनाको प्रशिक्षण क्याम्प अवलोकन गर्न पुगेका थिए । केही समयपछि एक अन्तर्वार्तामा उनले भनेका थिए–

‘मलाई एक दिन पेप ग्वार्डिओलाले ट्रेनिङ क्याम्पमा निम्ता गरे । त्यसैबेला मैले मेस्सीलाई मैदानमा प्रशिक्षण गर्दै गरेको पहिलोपटक देखेको थिएँ । उनी मैदानको एक कुनामा प्रशिक्षणमा व्यस्त थिए । त्यसबेला म ग्वार्डिओलासँगै उनीसँग कुरा गर्न नजिक गएँ । र, उनलाई तिमी ६० वर्ष पुग्दासम्म वा म नमर्दासम्म फुटबल खेलिराख भनेर अनुरोध गरें । मेस्सीले भद्र हाँसोले मात्रै जवाफ दिए ।’

सो भेटपछि सेटिनको भेट मेस्सीसँग २०१६ मा भयो, बार्सिलेना र पाल्मसको खेलक्रममा । लस पाल्मसको घरमा भएको सो खेल बार्सिलोनाले १–४ ले जितेको थियो । त्यसबेला म सेनिटले मेस्सीसँग भेट गरी ट्युनेलसम्म कुराकानी गर्दै सँगै गएका थिए ।

आज उनै सेटिन बार्सिलोनाको प्रमुख प्रशिक्षक छन् । उनै मेस्सीलाई सेटिनले अब दिनहुँ प्रशिक्षण दिनेछन् । अबका दिनमा बार्सिलोनामा सेटिन र मेस्सीको सम्बन्ध झन् सुमधुर बन्ने पक्का छ ।

गत वर्ष २०१९ मा सेटिनले एक अन्तार्वार्ताक्रममा कुरा गर्दै मेस्सीप्रति निकै प्रेम दर्शाएका थिए । उनले ‘मार्सा’सँगको कुराकानीमा मेस्सीका विषयमा निकै भावुक कुरा गरेका थिए– ‘जुन दिन मेस्सीले फुटबलबाट सन्यास लिन्छन्, त्यो दिन म सदाका लागि रुनेछु ।’

प्रकाशित मिति २९ पुष २०७६, मंगलवार १७:४३
Loading...