बार्सिलोना बन्यो सर्वाधिक कमाउने क्लब : कसको स्थान कहाँ ?

एजेन्सी, पुस २९
स्पेनिस क्लब बार्सिलोना सबैभन्दा धेरै कमाइ गर्ने फुटबल क्लब बनेको छ । ‘डेलोइट फुटबल मनी लिग’ ले जारी गरेको रिपोर्टमा बार्सिलोना सर्वाधिक कमाइ गर्ने धनी क्लब बनेको हो ।

बार्सिलोना पहिलोपटक सर्वाधिक कमाउने क्लब बनेको हो । यसअघि रियल मड्रिड सधैं धनी क्लबमा रहँदै आएको थियो भने इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पनि धनी क्लबमा रहँदै आएको थियो । सो रिपोर्टअनुसार बार्सिलोनाले गत सिजन २०१८–१९ मा कूल ७४१.१ मिलिन पाउन्ड कमायो । बार्सिलोनापछि दोस्रो बनेको रियल मड्रिडले गत सिजनमा ६६७.५ मिलियन पाउन्ड कमाउँदा तेस्रो बनेको म्यानचेस्टर युनाइटेडले ६२७.१ मिलियन पाउन्ड कमायो ।

त्यस्तै, चौथो बनेको जर्मन क्ल बार्यन म्युनिखले ५८१.८ मिलियन पाउन्ड कमाउँदा पाँचौं स्थानको प्रेन्च क्लब पिएसजीले ५६०.५ मिलियन पाउन्ड कमायो । सो सूचीमा इंग्लिस क्लबट म्यानचेस्टर सिटी छैटौं, लिभरपुल सातौं, टोटनह्याम आठौं, चेल्सी नवौं स्थानमा हुँदा युभेन्टस १०औं स्थानमा रहेको छ ।

प्रकाशित मिति २९ पुष २०७६, मंगलवार ११:५४
Loading...