युभेन्टसले रोमालाई उसकै घरमा हरायो : उक्लियो शीर्ष स्थानमा

काठमाडौं, पुस २८
इटालियन घरेलु लिग सिरी ए फुटबलमा युभेन्टसले महत्त्वपूर्ण जित निकालेको छ । युभेन्टसले रोमालाई उसकै घरेलु मैदानमा १–२ ले हराउँदै लिगको शीर्ष स्थानमा चढेको छ । नेपाली समयअनुसार सोमबार बिहान रोमाको घरमा भएको खेलमा युभेन्टसलाई जिताउनेक्रममा खेलको तेस्रो मिनेटमै मेरिह डिमारियलले पहिलो गोल गरेका थिए । त्यसको ७ मिनेटमै युभेन्टसले पेनाल्टी पायो ।

बक्समा रोमाका खेलाडीले पाउलो डिबालालाई लडाएपछि पाएको पेनाल्टीमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पाहुना टोली युभेन्टसलाई ०–२ को अग्रता दिलाए । त्यसपछि खेलको ६८औं मिनेटमा रोमाले पेनाल्टीमार्फत् १ गोल फर्कायो । र, बाँकी समयमा घरेलु खेलमा फर्किन नसक्दा खेल युभेन्टसले १–२ ले जित्यो ।

अब यो जितसँगै युभेन्टसले १९ खेलबाट ४८ अंक जोडेर लिगको शीर्ष स्थानमा चढेको छ । उसले इन्टर मिलानलाई २ अंकले पछि पारेको छ । पराजित रोमा ३५ अंकसहित पाँचौं स्थानमा छ ।

प्रकाशित मिति २८ पुष २०७६, सोमबार ०३:२६
Loading...