सुपर कपमा उपाधि भिडन्त जारी : पहिलो हाफ बराबरीमा सकियो

काठमाडौं, पुस २८
जारी सिजनअन्तर्गत स्पेनिस सुपर फुटबलको उपाधिका लागि अहिले रियल मड्रिड र एथ्लटिको मड्रिडको भिडन्त जारी छ । साउदीको अरेबियास्थित किङ अब्दुल्हा स्पोर्ट्स सिटी रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित ०–० मा सकिएको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा पकड रियलले राखे पनि पहिलो हाफमा उसले गोलका लागि गतिला अवसर बनाउन भने सकेन । आक्रमण बढी एथ्लेटिकोले गरे पनि उसले कुनै पनि प्रहार टार्गेटमा हान्न सकेन । यता, रियलले तीन प्रहार टार्गेटमा हाने पनि बलले पोस्टको दिशा लिन सकेन ।

प्रकाशित मिति २८ पुष २०७६, सोमबार ००:२९
Loading...