दोस्रो डिभिजनको क्लबद्वारा बार्यन म्युनिखको पोस्टमा ५ गोल !

काठमाडौं, पुस २७
क्लब मैत्रीपूर्ण खेलमा जर्मन क्लब बार्यन म्युनिखले दोस्रो श्रेणीको टिमसँग लज्जास्पद हार भोगेको छ । गत राति भएको खेलमा बुन्डेसलिगाको तल्लो श्रेणी खेलिरहेको नुर्नबर्गले बार्यनलाई ५–२ को लज्जास्पद हारको सिकार बनायो ।

रोवर्ट लेवान्डोस्कीबाहेक सबैजसो प्रमुख खेलाडी लिएर मैदान उत्रिएको बार्यनलाई फराकिलो हार चखाउनेक्रमा नुर्नबर्गका लागि ५ जना खेलाडीले गोल गरे । नुर्नबर्गका लागि खेलको २२औं मिनेटमा मिकेल फ्रे, ४६औं मिनेटमा माइकल इसाक, ५७औं मिनेटमा अडाम जर्लाक, ६०औं मिनेटमा फविएन र ७६औं मिनेटमा रबिन ह्याकले गोल गरे ।

यता, बार्यनका लागि खेलका ३४औं मिनेटमा अल्फोन्सो ड्याभिसले ३४औं मिनेटमा गोल गर्दा ८५औं मिनेटमा मालिक तिल्मानले गोल गरे पछि बार्यनले ५–२ को हार भोग्य बाध्य भयो ।

प्रकाशित मिति २७ पुष २०७६, आईतवार १०:०३
Loading...