नापोलीको लगातार दोस्रो हार : लाजियोसँग स्तब्ध

काठमाडौं, पुस २८
इटालियन क्लब नापोलीले घरेलु लिगमा लागतार दोस्रो हार व्यहोरेको छ । गत राति भएको १९औं खेलमा नापोलीलाई लाजियोले १–० ले निराश बनायो । यो हारसँगै नापोलीलाई लिगमा झट्का लागेको छ । उसले लगाार दुई खेल हारेर ६ अंक गुमायो । यसअघि ऊ इन्टर मिलानसँग घरमा १–३ ले हारेको थियो ।

लाजियोको घरेलु मैदानमा भएको खेल नकै प्रतिस्पर्धात्मक बनेको थियो । खेलको ८१औं मिनेटसम्म दुवै टिमले गोल गर्न सकेनन् । तर, ८२औं मिनेटमा लागि सिरो इम्मोबाइलले लाजियोका लागि विजयी गोल हाने । र, खेल लाजियाले १–० ले जित्यो ।

अब यो जितसँगै लाजियो १८ खेलबाट ४२ अंक जोडेर लिगको तेस्रो स्थानमा छ भने नापोली १९ खेलबाट २४ अंकसहित दशौं स्थानमा छ ।

प्रकाशित मिति २७ पुष २०७६, आईतवार ०८:२१
Loading...