लिभरपुलले टोटनह्यामलाई उसकै घरमा हरायो : अपराजित यात्रा कायमै

काठमाडौं, पुस २७
इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले टोटनह्यामलाई हराएको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको खेलमा भ्रमणकारी टोली लिभरपुलले टोटनह्यामलाई उसकै घरमा ०–१ ले स्तब्ध बनायो ।

घरेलु मैदानमा खेलको ३७औं मिनेटमा गोल खाएर पछि परेको टोटनह्यामले गोल फर्काउन नसक्दा घरमै हार भोग्न बाध्य भयो । लिभरपुलका लागि ब्राजिलियन खेलाडी रोवर्ट फर्मिन्होले गोल गरेका थिए । अन्ततः लिभरपुलको जितमा सोही गोल नै पर्याप्त बन्यो ।

यो जितसँगै लिभरपुलले जारी सिजन लिगमा अपराजित यात्रालाई थप लम्ब्याएको छ । उसले २१ खेलबाट ६१ अंक जोडेको छ । लिभरपुलले अब दोस्रो स्थानको लेस्टर सिटीलाई १६ अंकले पछि छाडेको छ भने तेस्रो स्थानको म्यानचेस्टर सिटीलाई १७ अंकले पछि पारेको छ ।

यता, पराजित टोटनह्याम भने २२ खेलबाट ३० अंकसहित आठौं स्थानमा छ । लिभरपुल टोटनह्यामभन्दा दोब्बरभन्दा बढी अंकले अघि रहेको छ ।

प्रकाशित मिति २७ पुष २०७६, आईतवार ०१:१५
Loading...