सिटीका साने पाँच महिनापछि फर्किए प्रशिक्षणमा

एजेन्सी, पुस २५
इंग्लिस क्लब म्यानचेस्टर सिटीका खेलाडी लिरोए साने ५ महिनापछि प्रशिक्षणमा फर्किएका छन् । लामो समयको उपचार र आरामपछि फिट भएर बिहीबारबाट उनी प्रशिक्षणमा फर्किएका हुन् । सिटीले सानेले प्रशिक्षण गर्दै गरेको तस्बिर सार्वजनिक गरेर सो कुराको पुष्टि गरेको छ ।

साने गत साउन महिनामा प्रि–सिजनमा लिभरपुलविरुद्ध कम्युनिटी सिल्डको फाइनल खेल्नेक्रममा घाइते भएका थिए । उनको लिगामेन्टमा चोट परेर शल्यक्रिया गएिको थियो । सो खेलमा उनी घाइते भएर १३औं मिनेटमै मैदान छाडेका थिए । सो खेलमा सिटीले लिभरपुललाई ५–४ ले रहाएर उपाधि जितेको थियो ।

जर्मनीका खेलाडी साने सो खेलपछि टोलीबाहिर थिए । घाइते हुनुअघि उनलाई जर्मन क्लब बार्यन म्युनिखले भित्र्याउन प्रयास गरिरहेको थियो । तर, चोट परेपछि उनको सम्भावित सरुवा रोकिएको थियो ।

अब सानेले कहिलेबाट खेल्न सक्छन् भन्नेबारे क्लबले उल्लेख नगरे पनि उनले एक साताको प्रशिक्षणपछि मेडिकल पास पाउने बताइएको छ ।

प्रकाशित मिति २५ पुष २०७६, शुक्रबार १२:४७
Loading...