रोनाल्डो र मेस्सीको उस्तै कथा फेरि दोहोरियो

एजेन्सी, पुस २५
स्पेनिस सुपर कप फुटबलमा गत राति बार्सिलोना एथ्लेटिको मड्रिडसँग ३–२ ले पराजित भयो । साउदी अरेबियामा भएको खेलमा एथ्लेटिकोले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै बार्सिलोनालाई उपाधिको रिङबाट बाहिर पठायो ।

बार्सिलोना सुपर कपबबाट आउट हुँदा टोलीका कप्तान लिओनल लमेस्सी र उनका खास प्रतिस्पर्धी इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोका नाममा एक संयोग बनेको छ । सन् २०१५ यता यी दुई खेलाडी पहिलोपटक सँगै सुपर कप जित्नबाट असफल भएका छन् ।

बार्सिलोना गत राति सुपर कपबाट आउट हुँदा रोनाल्डोको टिम युभेन्टस दुई साताअघि लाजियोसँग सुपरकोपा इटालियाको फाइनलमा पराजित भएको थियो । यसअघि सन् २०१५ मा रोनाल्डो र मेस्सी दुवैले एकै सिजन सुपर कप हारेका थिए ।

२०१५ मा हाल बार्सिलोनाकै प्रशिक्षक रहेका अर्नेस्टो भाल्भर्डेको टिम एथ्लेटिक बिल्बाओले बार्सिलोनालाई समग्रमा ५–१ ले हराएको थियो भने रोनाल्डोको टिम रियल मड्रिड पनि सो वर्ष फाइनल पुग्न सकेको थिएन ।

प्रकाशित मिति २५ पुष २०७६, शुक्रबार ११:५१
Loading...