सुपर कप सेमिफाइनल : पहिलो हाफमा गोलरहित बराबरी

काठमाडौं, पुस २५
स्पेनिस सुपर कप फुटबलमा अहिले दोस्रो सेमिफाइनल खेलमा बार्सिलोना र एथ्लेटिको मड्रिड भिडिरहेका छन् । साउदी अरेबियाको किङ अब्दुल्हा स्पोर्ट्स सिटी रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

पहिलो हाफमा तुलनात्मक रूपमा खेलमा बार्सिलोनाले बढी पकड जमाए पनि गोल गर्न सकेन । पहिलो हाफमा बार्सिलोनाले तीनपटक गोलको मौका बनाएको थियो । ग्रीजम्यान एक अवसरमा वान भर्सेस वानमा चुके । यता, एथ्लेटिकोले भने पहिलो हाफमा दुईपटक टार्गेटमा हानेको थियो ।

प्रकाशित मिति २५ पुष २०७६, शुक्रबार ०१:३३
Loading...