रोनाल्डोलाई उछिन्दै मेस्सी दशककै सर्वोत्कृष्ट खेलाडी

एजेन्सी, पुस २३
स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी घरेलु लिग ला लिगामा २०१० को दशकको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । ‘हु स्कोर्ड’ ले मेस्सीलाई २०१०–२०१९ सम्मका लागि लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित गरेको हो । यो ला लिगाको मात्रै मूल्यांकन हो ।

आज ‘हु स्कोर्ड’ ले मेस्सीलाई दशककै सर्वश्रेष्ठ खेलाडी घोषित गर्दा रियल मड्रिडका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डो दोस्रोमा रहे । मेस्सीले आफूभन्दा थोरै समय, कम खेले खेलेर दुई वर्षअघि नै लिग छाडेका पोर्चुगलका रोनाल्डोलाई थोरै मात्रै अन्तरमा पछि पारेका हुन् ।

मेस्सी सन् २००४ देखि नै ला लिगामा खेलिरहेका छन् । उनले ला लिगाको खेलेको १६ वर्ष भइसकेको छ । तर, रोनाल्डो सन् २००९ मा रियल आएर २०१८ मै रियल छाडेर इटालियन युभेन्टस गएका थिए । समय अवधि र खेल संख्यामा हिसाबले रोनाल्डोले मेस्सीको भन्दा आधा समय र आधा खेल मात्रै खेलेका छन् ।

दशककै सर्वश्रेष्ठ खेलाडी बनेका मेस्सीले सो दशकमा कूल ३६९ गोल गरे । सोक्रममा उनले १३६ असिस्ट गरे । ‘हु स्कोर्ड’ले मेस्सीलाई २०१० को दशकका लागि ८.६५ को रेटिङ दिएको छ । यता, मेस्सीभन्दा पछि परेका रोनाल्डोलाई भने ८.१८ रेटिङ दिइएको छ । २०१० को दशकमा मेस्सीले १० वर्ष नै खेले भने रोनाल्डोले जम्मा ८ वर्ष मात्रै खेले ।

‘हु स्कोर्ड’ ले घोषणा गरेको नतिजा यस्तो छ :

लिओनल मेस्सी – ८.६५

क्रिस्टियानो रोनाल्डो – ८.१८

लुइस स्वारेज – ७.७४

ड्यानी आल्भेस – ७.४१

मार्सेलो – ७.३२

प्रकाशित मिति २३ पुष २०७६, बुधबार २१:४१
Loading...