सालाहलाई पछि पार्दै मानेले जिते ‘अफ्रिकन प्लेयर अफ् द इयर’ अवार्ड

एजेन्सी, पुस २३
इंग्लिस क्लब लिभरपुल तथा सेनेगलको राष्ट्रिय टिममा फरवार्ड साडियो मानेले अफ्रिकन महादेशबाट वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । गत राति इजिप्टमा घोषणा भएको २०१९ को ‘अफ्रिकन प्लेयर अफ् द इयर’ अवार्डमा मानेले बाजी मारेका हुन् ।

यससँगै मानेले पहिलोपटक महादेशस्तरको सर्वश्रेष्ठ खेलाडीको अवार्ड जित्न सफल भएका छन् । उनले आफ्नै सहकर्मी इजिप्टका मोहमह सालाहा र अल्जेरियाका रियाद महारेजलाई पछि पार्दै अवार्ड पोल्टामा पारे । अवार्डका लागि टप–३ मा माने, सालाह र महारेज परेका थिए ।

माने यसअघि तीन वर्ष लगातार यस अवार्डको टप–३ मा परे पनि यसपटक मात्रै अवार्ड जित्न सफल भए । गत सिजन लिभरपुलले युरोपियन च्याम्पियन्स लिग जित्दा मानेले महत्त्वपूर्ण योगदान दिएका थिए । यता, लिभरपुल प्रिमियर लिगमा उपविजेता बन्दा मानेले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका थिए । २०१९ मा सेनेगलको राष्ट्रिय टिममा पनि मोनको प्रदर्शन शानदार रहेको थियो ।

प्रकाशित मिति २३ पुष २०७६, बुधबार ०९:४५
Loading...