काराबाओ कप सेमिफाइनल : आज म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडको भिडन्त

काठमाडौं, पुस २१
इंग्लिस नकआउट फुटबल प्रतियोगिता इएफएल (काराबाओ कप) मा आजबाट सेमिफाइनलका खेल हुँदैछन् । आज हुने एक मात्रै खेलमा म्यानचेस्टर डर्बी भिडन्त हुँदैछ । अर्थात् आज पहिलो सेमिफाइनल खेलमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडको रोमाञ्चक भिडन्त हुँदैछ ।

सेमिफाइनलमा पहिलो र दोस्रो लेग गरी दुई खेल हुनेछन् । समग्रमा जित निकाल्ने टिम फाइनल पुग्नेछ । आज हुने पहिलो लेगको खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ । यो खेल नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ ।

प्रतियोगिताका दुई उपाधि दाबेदार टिम सेमिफाइनलमै भिड्न हुँदो यो खेल निकै रोमाञ्चक हुनेछ । आज आफ्नो घरमा उत्रिँदा युनाइटेड सिटीमाथि लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । यसअघि प्रिमियर लिगमा डिसेम्बर ७ मा भएको खेलमा युनाइटेडले सिटीलाई उसकै घरमा १–२ ले हराएको थियो ।

यता, आज सिटी भने युनाइटेडको घरमा उत्रिँदा ऊसँग जितको लक्ष्य मात्रै हुनेछैन, युनाइटेडसँग प्रिमियर लिगमा भोगेको नमिठो हारको बदला लिने दाउ पनि हुनेछ ।

प्रकाशित मिति २२ पुष २०७६, मंगलवार १४:३५
Loading...