साँघुरो जितसहित आर्सनल एफए कपको चौथो चरणमा

काठमाडौं, पुस २१
इंग्लिस क्लब आर्सनल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । गत राति भएको तेस्रो चरणको खेलमा आफ्नो घरमा पाहुना टोली लिड्स युनाइटेडमाथि १–० को साँघुरो जित निकाल्दै आर्सनलले चौथो स्थान पक्का गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा आर्सनललाई घरेलु मैदानमा जिताउन खेलको ५५औं मिनेटमा रेसिस नेल्सनले गरेको १ मात्रै गोल जितका लागि पर्याप्त बन्यो । पाहुना टोलीले खेलमा गोल गर्न नसक्दा खेल आर्सनलले १–० ले जित्यो ।

अब आर्सनलले प्रतियोगिताको चौथो चरणमा बोर्नेमाउथको सामना गर्नेछ । सो खेल जनवरी २५ तारिखमा हुनेछ ।

प्रकाशित मिति २२ पुष २०७६, मंगलवार ०८:०३
Loading...