घरेलु समर्थकले तोडफोड गरे ज्लाटनको शालिक : के थियो कारण ?

एजेन्सी, पुस २१
हालै इटालियन क्लब एसी मिलानमा अनुबन्ध भएका स्वीडेनका खेलाडी ज्लाटन इब्राहिमोभिचको सालिक तोडफोड भएको छ । आइतबार राति उनको सालिक आफ्नै देशको माल्मोमा सहरमा तोडफोड भएको हो । ज्लाटनको सम्मानमा सो सालिक उनको घर भएको सहरमै निर्माण गरिएको थियो । सालिक पित्तलबाट निर्माण गरिएको थियो, जुन ९ फिट अग्लो थियो ।

हालै ३८ वर्ष पुगेका ज्लाटनको सालिक गत असोजमा बनाइएको थियो । तर, केही समयअघि मात्रै ज्लाटन पनि सो स्थानमा पुगेर सालिकको अनावरण गरिएको थियो भने सार्वजनिक रूपमा पनि खुला पनि गरिएको थियो ।

किन तोडियो सालिक ?

अन्तर्राष्ट्रिय मिडियाका अनुसार सालिक माल्मो सहरका भान्डल समुदायका मानिसले तोडफोड गरेका हुन् । हालै मिलानमा अनुबन्ध भएपछि ज्लाटनले मिडियासँग कुरा गर्दै ‘मिलान आफ्नो घर भएको र घर फर्किन पाउँदा ज्यादै खुसी भएको’ प्रतिक्रिया दिएका थिए ।

यता, ‘बिबिसी’ ले भने सालिक ज्लाटनको पूर्वक्लब माल्मो एफसीका घरेलु समर्थकले तोडफोड गरेको जनाएको छ । आफूले करिअर सुरु गरेको देशकै क्लबको अपमान हुने गरी मिलानलाई आफ्नो घर भएको बताएपछि माल्मोका फ्यान आक्रोशित हुँदै सालिक तोडफोड गरेको बताइएको छ । ज्लाटनको सालिक तोडफोड गर्नुका साथै ढालिएको छ । उनको सालिक दोस्रोपटक तोडफोड भएको हो ।

प्रकाशित मिति २१ पुष २०७६, सोमबार २०:४७
Loading...