गोल्डेन बुटमा लेवान्डोस्की र इम्मोबाइलको भिडन्त : यस्तो ताजा अवस्था

काठमाडौं, पुस २०
सिजन २०१९–२० को युरोपिन गोल्डेन बुटमा जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्की र इटालियन क्लब लाजियोका सिरो इम्मोबाइलको भिडन्त स्पष्ट रूपमा देखिएको छ । गत राति सिरी ए मा २०२० को पहिलो खेलमा ब्रेसिकाविरुद्ध २ गोल गरेसँगै इम्मोबाइलले लेवान्डोस्कीको १९ गोल सँग बराबरी गरेका छन् ।

२०१९ को अन्तिमसम्म पोलिस फरवार्ड लोवन्डोस्की १९ गोलसहित युरोपियन गोल्डेन बुटमा सबैभन्दा पहिलो स्थानमा थिए । तर, गत राति २ गोल गरेसँगै इम्मोबाइलले पनि आफ्नो लिग गोल संख्या १९ बनाएका छन् । हालको ताजा अवस्थामा लेवान्डोस्की र इम्मोबाइलको गोल संख्या बराबरी छ ।

त्यसपछि १८ गोलसहित बुन्डेसलिगा क्लब लेइपजिगकै युवा फरवार्ड टिमो वार्नरको पनि १८ गोल छ । यता, गत सिजन गोल्डेन बुट जितेका बार्सिलोनाका लिओनल मेस्सी पनि हाल १३ गोलहित पाँचौं स्थानमा छन् । हेरौं युरोपियन टप–५ लिगमा ताजा अवस्थाको सर्वाधिक गोलकर्ता खेलाडीको सूची :

प्रकाशित मिति २१ पुष २०७६, सोमबार १४:५५
Loading...