वर्षको पहिलो खेलबाट लिग लिडर बन्ने युभेन्टसको दाउ : आज क्याग्लिअरीसँग भिड्दै

काठमाडौं, पुस २१
इटालियन सिरी ए फुटबलमा युभेन्टसले नयाँ वर्ष २०२० को पहिलो खेल आज खेल्दैछ । उसले लिगको १८औं साताको खेल आफ्नो घरेलु मैदानमा क्याग्लिअरीसँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राति ७ः४५ बजेबाट सुरु हुनेछ ।

युभेन्टस घरेलु मैदानमा हुने वर्षको पहिलो खेलमा स्पष्ट जित निकालेर सुखद् थालनी गर्ने योजनामा छ । यदि आज ३ अंक जित्न सके युभेन्टस तत्कालका लागि लिगको शीर्ष स्थानमा पनि चढ्नेछ । आजै राति हुने इन्टर मिलान र नापोलीको खेलपछि पुनः अंक तालिका फेरबदल हुन सक्नेछ ।

हाल युभेन्टस १७ खेलबाट ४२ अंकसहित लिगको दोस्रो स्थानमा छ । समान ४२ अंक भएको इन्टर मिलान गोलअन्तरमा अघि रहेर शीर्ष स्थानमा छ । आज युभेन्टसको घरमा उत्रिन लागेको क्याग्लिअरी २९ अंकसहित छैटौं स्थानमा छ ।

आज युभेन्टसको टोलीमा क्रिस्टियानो रोनाल्डोसहितका खेलाडी उपलब्ध छन् । युवा फरवार्ड पाउलो डिबालाले यो खेल खेल्ने सम्भावना कम छ । अन्य सबैजसो खेलाडी टोलीमा हुनेछन् । अघिल्लो खेलमा बेन्चमा रहेका युवा डिफेन्डर माथिस डि लिग्टले आज टोलीमा स्थान बनाउने सम्भावना छ ।

प्रकाशित मिति २१ पुष २०७६, सोमबार ०९:४९
Loading...