एफए कप : चेल्सी चौथो चरणमा प्रवेश

काठमाडौं, पुस २१
इंग्लिस क्लब चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । गत राति भएको खेलमा नोटिङ्घम फोरेस्टलाई २–० ले हराउँदै चेल्सी चौथो चरण पुगेको हो ।

आफ्नो घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई जिताउन कलुम हड्सन र रोस बाक्र्लीले १–१ गोल गरे । चेल्सीका लागि खेलको सातौं मिनेटमा हड्सनले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३३औं मिनेटमा बाक्र्लीले गोल गरेर चेल्सी जिततर्फ अघि बढ्यो । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नएपछि खेल चेल्सीले २–० ले जित्यो ।

यता, अर्को खेलमा टोटनह्याम भने मिडल्सबर्गसँग १–१ को बराबरीमा रोकिएको छ । यो खेल पुनः खेलिनेछ । कपको व्यवस्थाअनुसार खेल बराबरीमा सकिए पुनः खेलाइन्छ ।

प्रकाशित मिति २१ पुष २०७६, सोमबार ०८:१२
Loading...