रोनाल्डो संसारमै सबैभन्दा बढी फलोअर्स भएका खेलाडी !

काठमाडौं, पुस २०
इटालियन युभेन्टस तथा पोर्चुगलका सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डो विश्व खेल जगत्मै सबैभन्दा बढी फलोअर्स भएका खेलाडी बनेका छन् । उनी फुटबल विधाबाट मात्रै नभएर समग्र खेलकुद जगत्मै सामाजिक सन्जालमा सर्वाधिक फ्यान फेलाइङ भएका खेलाडी बनेका हुन् ।

३४ वर्षका रोनाल्डोलाई सामाजिक सन्जल इन्स्टाग्राम, फेसबुक र ट्वीटरमा पछ्याउनेको संख्या ४०० मिलियन भन्दा बढी छ । यो तीन वटै सन्जालमा उनलाई फलो गर्नेको कूल संख्या हो ।

गत वर्ष २०१९ मा रोनाल्डो इन्स्टाग्रामबाट सर्वाधिक कमाइ गर्ने व्यक्ति बनेका थिए । उनले सो वर्ष कूल ४२.७ मिलियन युरो इन्स्टाग्रामबाट कमाएका थिए । यो उनले युभेन्टसबाट एक वर्षमा कमाइ गर्नेभन्दा धेरै रकम हो ।

सामाजिक सन्जालमा रोनाल्डोलाई कुनमा कतिले पछ्याउँछन् ? हेरौं तस्बिरमा :

 

प्रकाशित मिति २० पुष २०७६, आईतवार २१:०८
Loading...