टप–२० अन्तर्राष्ट्रिय गोलकर्ताको सूची सार्वजनिक : को कति नम्बरमा ?

काठमाडौं, पुस १९
चर्चित फुटबल साइट ‘गोल’ले अन्तर्राष्ट्रिय फुटबलमा हालसम्मका सर्वाधिक २० गोलकर्ता खेलाडीको ताजा सूची सार्वजनिक गरेको छ । उसले हालै सार्वजनिक गरेको सूचीमा सक्रिय र अवकासप्राप्त सबै खेलाडीलाई समग्रतामा समेटिएको छ । जसमा इारनका खेलाडी अली डेइ १०९ गोलसहित सबैभन्दा पहिलो नम्बरमा छन् ।

उनीपछि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो ९९ गोलसहित दोस्रो स्थानमा छन् । ३४ वर्षका रोनाल्डो समग्रमा दोस्रो नम्बरमा भए पनि उनी हाल खेलिरहेका सक्रिय खेलाडीमध्ये सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । उनले सक्रिय दोस्रो स्थानका खेलाडी भारतका सुनील क्षेत्रीलाई निकै पछि छाडेका छन् ।

भारतका कप्तान क्षेत्री समग्रमा सूचीको १०औं स्थानमा रहे पनि उनी सक्रिय खेलाडीमध्ये सर्वाधिक गोलकर्तामा भने दोस्रो स्थानमा खोलडी हुन् । उनी अर्जेन्टिनाका लिओनल मेस्सीभन्दा अगाडि छन् । अन्तर्राष्ट्रिय गोल संख्यामा सुनील मेस्सीभन्दा अझै २ गोलले अघि नै छन् ।

यता, अर्जेन्टिनाका कप्तान मेस्सी भने यो सूचीको १७औं स्थानमा मात्रै छन् । उनी समग्रमा १७औं स्थानमा हुँदा सक्रिय खेलाडीको सूसीचमा तेस्रो स्थानमा मात्रै छन् । उनीभन्दा अघि भारतका क्षेत्री छन् । पहिलो स्थानमा रोनाल्डो छन् ।

हेरौं टप–२० गोलकर्ता खेलाडीको सूची :

  1. अली डेई (इरान) – १०९ गोल (१४९ खेल)
  2. क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) – ९९ गोल (१६५ खेल)
  3. फ्रेन्स पुस्कास (हंगेरी–स्पेन) – ८४ गोल (८९ खेल)
  4. कुनिसिगे कामामोटो (जापान) – ८० गोल (८४ खेल)
  5. गडफ्रे चितालु (जाम्बिया) – ७९ गोल (१०८ खेल)
  6. हुसैन सिड (इराक) – ७८ गोल (१३७ खेल)
  7. पेले (ब्राजिल) – ७७ गोल (९२ खेल)
  8. सान्डोर कोक्सिस (हंगेरी) – ७५ गोल (६८ खेल)
  9. बसार अब्दुल्हा (कुवेत) – ७५ गोल (१३३ खेल)
  10. सुनील क्षेत्री (भारत) – ७२ गोल (११५ खेल)
  11. किन्हा फिरी (मालवी) – ७१ गोल (११५ खेल)
  12. माजेड अब्दुल्हा (साउदी अरेबिया) – ७१ गोल (११६ खेल)
  13. कियाटिसुक सेनामुआङ (थाइल्यान्ड) – ७१ गोल (१३४ खेल)
  14. मिरोस्लाभ क्लोसे (जर्मनी) – ७१ गोल (१३७ खेल)
  15. पियापोङ पोए–अन (थाइल्यान्ड) – ७० गोल (१०० खेल)
  16. स्ट्रेन जोन (ट्रिनिडाड एन्ड ट्रोबागो) – ७० गोल (११५ खेल)
  17. लिओनल मेस्सी (अर्जेन्टिना) – ७० गोल (१३८ खेल)
  18. होसाम हासम (इजिप्ट) – ७० गोल (१६९ खेल)
  19. जेरर्ड मुलर (वेस्ट जर्मनी) – ६८ गोल (६२ खेल)
  20. कार्लो लुइज (ग्वाटेमाला) – ६८ गोल (१३३ खेल)
  21. रोबी किन (रिपब्लिक अफ् आयरल्यान्ड) – ६८ गोल (१४६ खेल)

प्रकाशित मिति १९ पुष २०७६, शनिबार १६:४२
Loading...