ला लिगामा आज एथ्लेटिको–लेभान्टे र गेटाफे–रियल मड्रिड भिड्दै

काठमाडौं, पुस १९
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज चार रोमाञ्चक खेलहरू हुँदैछन् । आज लिगका सबैजसो बलिया टिम भ्यालेन्सिया, बार्सिलोना, रियल मड्रिड, एथ्लेटिको मड्रिडका खेल हुँदैछन् ।

आज हुने खेलमा रियल मड्रिड र गेटाफेको खेल महत्त्वपूर्ण हुनेछ । रियल यो खेल जितेर बार्सिलोनाले आजै राति आफ्नो खेल नखेल्दासम्म लिगको शीर्ष स्थानमा चढ्ने दाउमा छ । आज अवे मैदानमा रियलले जित्यो र यदि बार्सिलोना आजै राति हुने आफ्नो खेलमा इस्पान्योलसँग पराजित भए रियल लिग लिडर बन्नेछ ।

रियल आज अवे मैदानमा छैटौं स्थानको गेटाफेलाई उसकै घरमा हराएर नयाँ वर्ष २०२० को जितबाट सुरुआत गर्ने दाउमा छ । आज रियलको टोलीमा कप्तान सर्जियो रामोस प्रतिबन्धका कारण छैनन् भने इडेन हाजार्ड चोटका कारण टोलीमा छैनन् । अन्य सबै प्रमुख खेलाडी टोलीमा हुनेछन् ।

आजका खेल नेपाली समयमा :

भ्यालेन्सिया भर्सेस एइबार – साँझ ५ः४५ बजे
गेटाफे भर्सेस रियल मड्रिड – राति ८ः४५ बजे
एथ्लेटिको मड्रिड भर्सेस लेभान्टे – राति ११ः१५ बजे
इस्पान्योल भर्सेस बार्सिलोना – राति १ः४५ बजे

प्रकाशित मिति १९ पुष २०७६, शनिबार १३:५३
Loading...