‘टिम अफ् द युरोप’ सार्वजनिक : को–को परे ?

एजेन्सी, पुस १८
फुटबलको चर्चित साइट ‘गोल’ले वर्ष २०१९ का लागि ‘टिम अफ् द युरोप’ सार्वजनिक गरेको छ । उसले आज २०१९ लागि युरोपका टप–५ लिगमा विभिन्न क्लबबाट खेल्ने हरेक विधाका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छानेर वर्षकै उत्कृष्ट टिम छानेको हो ।

‘गोल’को वर्षको टिममा केही ठूला नाम परेका छैनन् भने केही सामान्य नाम परेका छन् । जसमा इटालियन युभेन्टसका ३४ वर्षीय फरवार्ड क्रिस्टियानो रोनाल्डो परेका छैनन् । यो सिजन युभेन्टसका लागि २१ खेल खेल्दै १२ गोल गरेका रोनाल्डो उत्कृष्ट टिममा पर्न असफल रहे ।

यता, गत समरमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट लोनमा इटालियन रोमा पुगेका डिफेन्डर क्रिस स्मालिङ भने उत्कृष्ट टोलीमा परेका छन् । फरवार्ड लाइनमा युवा स्टार जोर्डन सान्चो पनि टोलीमा परेका छन् ।

‘गोल’को वर्ष टिममा गोलकिपरमा गत सिजन मात्रै स्पेनिस रियल मड्रिड छाडेर फ्रेन्च क्लब पिएसजी पुगेका केलर नाभास परेका छन् । उनले यस वर्ष सर्वाधिक बढी १२ खेलमा क्लिन सिट राखे, जुन अन्य कुनै पनि गोलकिपरको भन्दा बढी हो । ‘गोल’ले ४–३–३ को फर्मेसनमा टोली बनाएको हो ।

यस्तो छ पूरा टिम :

  1. गोलकिपर– केलर नाभास (पिएसजी)
  2. राइट ब्याक – टे«न्ट अलेक्सान्डर–अर्नोल्ड (लिभरपुल)
  3. फुल ब्याक – एन्डे रोवर्टस्न (लिभरपुल)
  4. सेन्टर ब्याक – क्रिस स्मालिङ (रोमा)
  5. सेन्टर ब्याक – भर्जिल भान डाइक (लिभरपुल)
  6. मिडफिल्डर – एन्जल डि मारिया (पिएसजी)
  7. मिडफिल्डर – केभिन डे ब्रुयाने (म्यानचेस्टर सिटी)
  8. मिडफिल्डर – कासेमिरो (रियल मड्रिड)
  9. फरवार्ड – लिओनल मेस्सी (बार्सिलोना)
  10. फरवार्ड – जोर्डन सान्चो (बोरुसिया डर्टमुन्ड)
  11. फरवार्ड – रोवर्ट लेवान्डोस्की (बार्यन म्युनिख)

प्रकाशित मिति १८ पुष २०७६, शुक्रबार १७:४३
Loading...