प्रिमियर लिग : घरमा लिभरपुलको सहज जित, सिटी १४ अंकले पछि

काठमाडौं, पुस १८
लिग लिडर लिभरपुलले वर्ष २०२० को पहिलो खेलमा सहज जित निकालेको छ । गत राति भएको आफ्नो २०औं खेलमा लिभरपुलले घरेलु मैदानमा पहुना टोली सेफिल्ड युनाइटेडलाई २–० ले हरायो । यो जितसँगै लिभरपुलले लिगमा अझैसम्म पनि अपराजित यात्रालाई कायमै राखेको छण् ।

एनफिल्डमा लिभरपुललाई जिताउन मोहमद सालाह र साडियो मानेले १–१ गोल गरे । मानेले खेल सुरु भएको चौथो मिनेटमै गोल गरेर सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६४औं मिनेटमा साडियो मानेले गोल गरेपछि खेलमा लिभरपुलले २–० को अग्रता बनायो । बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल लिभरपुलले जित्यो ।

अब यो जितसँगै लिभरपुलले २० खेलबाट कूल ५८ अंक जोडेको छ । उसले दोस्रो स्थानको लेस्टर सिटीलाई १३ र तेस्रो स्थानको म्याचेस्टर सिटीलाई १४ अंकले पछि पारेको छ । यता, पराजित सेफिल्ड २९ अंकहित आठौं स्थानमा छ ।

प्रकाशित मिति १८ पुष २०७६, शुक्रबार ०८:०८
Loading...