‘फ्यान भोटिङ’ बाट मेस्सी २०१९ को सर्वश्रेष्ठ खेलाडी घोषित : यस्तो छ नतिजा

एजेन्सी, पुस १७
विश्वभरका फुटबल समर्थकहरूको भोटले स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सी वर्ष २०१९ को सर्वोत्कृष्ट खेलाडी बनेका छन् । स्पेनको चर्चित पत्रिका ‘मार्सा’ ले विश्वव्यापी रूपमा गरेको अनलाइन भोटिङबाट अर्जेन्टिनी फरवार्ड मेस्सी २०१९ का लागि सर्वश्रेष्ठ खेलाडी बनेका हुन् ।

मार्साले २०१९ का लागि विश्वभरका फ्यानहरूबाट टप–१०० फुटबलरका लागि खुला गरेको अनलाइन भोटिङमा मेस्सीले अत्याधिक मत पाएका छन् । २०१९ का लागि छैटौंपटक बालोन डि‘ओर जितेका मेस्सीले अन्य प्रतिस्पर्धीलाई निकै पछि पारेका छन् ।

भोटिङमा ५९ प्रतिशत मत मेस्सीले मात्रै पाएका छन् । जबकि, दोस्रो स्थानका रियल मड्रिडका करिम बेन्जेमाले मात्रै १० प्रतिशत मत पाए भने बालोन डि‘ओरमा थोरै मात्रै अंकले मेस्सीभन्दा पछि परेका इंग्लिस क्लब लिभरपुलका भर्जिल भान डाइकले मात्रै ८ प्रतिशत पाए ।

यता, २०१७ मा रियल मड्रिड छाडेर इटालियन युभेन्टस पुगेका क्रिस्टियानो रोनाल्डो सूचीको चौथो स्थानमा मात्रै छन् । उनलाई पहिलो स्थानको खेलाडी बनाउन मात्रै ७ प्रतिशतले भोट दिएका छन् ।

हेरौं पूरा सूची :

प्रकाशित मिति १७ पुष २०७६, बिहीबार १३:४१
Loading...