प्रिमियर लिग : केन घाइते भएको खेलमा टोटनह्याम पराजित

काठमाडौं, पुस १६
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम पराजित भएको छ । बुधबार भएको लिगको २१औं खेलमा टोटनह्याम अवे मैदानमा साउथह्यामपटनसँग १–० ले स्तब्ध बन्यो ।

खेलको १७औं मिनेटमा गोल खाएर पछि परेको टोटनह्याम खेलमा फर्किन नसक्दा हार व्यहोर्न बाध्य भयो । १७औं मिनेटमा साउथह्यामपनटका लागि ड्यानी इङ्ग्सले गोल गरेका थिए । अन्ततः घरेलु टोलीले सोही गोलको अग्रता जोगाएर खेल जित्यो ।

७५औं मिनेटमा भ्रमणकारी टोली टोटनह्यामका ह्यारी केन घाइते भएका थिए । उनको स्थानमा इरिक लामेला मैदान छिरेका थिए । तर, टोटनह्यामले स्कोर गर्न नसक्दा महत्त्वपूर्ण खेल गुमायो ।

अब यो हारसँगै टोटनह्याम २१ खेलबाट ३० अंक बनाएर छैटौं स्थानमा यथावत छ । विजयी साउथह्यामपटन २५ अंक बनाएर ११औं स्थानमा चढेको छ ।

प्रकाशित मिति १६ पुष २०७६, बुधबार २२:५७
Loading...