रियल मड्रिडको ‘मजाक उडाउने’ बार्सिलोनामाथि लिभरपुलका फ्यान यसरी खनिए

एजेन्सी, पुस १८
स्पेनिस फुटबल क्लब बार्सिलोनाले वर्ष २०१९ का केही सम्झनायोग्य क्षणका तस्बिर सामाजिक सन्जाल ट्वीटरमार्फत् पोस्ट गर्यो । त्यसमध्ये उसको एक पोस्ट आफ्नो खास प्रतिस्पर्धी रियल मड्रिडको ‘मजाक उडाउने’ खालको थियो ।

गत सिजनअन्तर्गत कोपा डेल रे फुटबलको सेमिफाइनलमा बार्सिलोनाले रियललाई उसकै घरमा दोस्रो लेगमा ०–३ ले हराएको थियो । बार्सिलोनाले सोही खेलको ‘स्कोर बोर्ड’ वाला तस्बिर ट्वीटरमा पोस्ट गर्दै लेख्यो– ‘२०१९ को सम्झना …..’

तर, सो पोस्टपछि इंग्लिस क्लब लिभरपुलका फ्यान छिनभरमै बार्सिलोनाप्रति खनिए । उनीहरूले बार्सिलोनाको सो पोस्टको जवाफ दिँदै बार्सिलोनाको मजाक उडाउन कुनै कसर बाँकी राखेनन् । लिभरपुलका केही फ्यानले गत सिजन च्याम्पियन्स लिगमा सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलले बार्सिलोनलाई ४–० ले हराउँदाको स्कोर बोर्ड वाला तस्बिर बार्सिलोनाको ट्वीटरमा मेन्सन गर्दै मजाक उडाएका छन् ।

यता, रियल मड्रिडका फ्यानले पनि सन् २०१६, २०१७ र २०१८ मा गरी लगातार तीन सिजन च्याम्पियनस लिग रियलले जित्दाका तस्बिर बार्सिलोनको ट्वीटरमा मेन्सन गर्दै बार्सिलोनाको मजाक उडाएका छन् । तस्बिरमा हेरौं :

प्रकाशित मिति १६ पुष २०७६, बुधबार १६:१५
Loading...