प्रिमियर लिगमा आजदेखि २०२० का खेल हुँदै : एकैदिन ९ खेल हुने

काठमाडौं, पुस १६
इंग्लिस प्रिमियर लिग फुटबलमा आजदेखि वर्ष २०२० का खेलहरू सुरु हुँदैछन् । क्रिसमस पर्व तथा नयाँ वर्षको बिदापछि आजैदेखि लिग पुनः सुरु हुन लागेको हो । आज २१ राउन्डका खेल हुन लागेका हुन् । यो चरणका खेल सकिएपछि लिग एक साताका लागि पुनः विश्राम भएर अन्य प्रतियोगिता हुनेछ ।

आज एकै दिन कूल ९ खेल हुँदैछन् । आज हुने खेलमा अधिकांश ठूला टोलीका खेल हुनेछन् । जसमा आज चेल्सी, लेस्टर सिटी, टोटनह्याम, म्यानचेस्टर सिटीका खेल हेर्नलायक हुनेछन् । आजको सबैभन्दा रोमाञ्चक खेल आर्सनल र म्यानचेस्टर युनाइटेडबीच हुनेछ ।

आजका खेल नेपाली समयमा :

  1. ब्राइटन भर्सेस चेल्सी – साँझ ६ः१५ बजे
  2. बर्नली भर्सेस एस्टोन भिल्ला – साँझ ६ः१५ बजे
  3. न्युक्यास्टल भर्सेस लेस्टर सिटी – राति ८ः४५ बजे
  4. वाटफोर्ड भर्सेस उल्भ्स – राति ८ः४५ बजे
  5. साउथह्यामपटन भर्सेस टोटनह्याम – राति ८ः४५ बजे
  6. वेस्ट ह्याम भर्सेस बोर्नेमाउथ – राति ११ः१५ बजे
  7. म्यानचेस्टर सिटी भर्सेस एभर्टन – राति ११ः१५ बजे
  8. नर्विच सिटी भर्सेस क्रिस्टल प्यालेस – राति ११ः१५ बजे
  9. आर्सनल भर्सेस म्यानचेस्टर युनाइटेड – राति १ः४५ बजे

प्रकाशित मिति १६ पुष २०७६, बुधबार ११:५२
Loading...