मेस्सीलाई पछि पार्दै रोनाल्डो बने ‘दशककै सर्वश्रेष्ठ’ फुटबलर

एजेन्सी, पुस १४
चर्चित खेल सञ्चार संस्था ‘स्काई स्पोर्टस्’ ले २०१० को दशकका लागि सर्वश्रेष्ठ २० खेलाडीको सूची सार्वजनिक गरेको छ । आज (सोमबार) सो संस्थाले जारी गरेको सूचीमा फुटबल विधातर्फ हाल इटालियन युभेन्टसबाट खेलिरहेका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो दशककै सर्वोत्कृष्ट खेलाडीको सूचीमा पहिलो नम्बरमा छन् ।

उनले आफ्ना खास प्रतिस्पर्धी स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीलाई पछि पार्दै दशककै सर्वश्रेष्ठ फुटबलर बनेका हुन् । मेस्सी रोनाल्डोभन्दा पछि चौथो स्थानमा छन् । ‘स्काई स्पोर्टस्’ले रोनाल्डोलाई फुटबल विधामा दशककै सर्वोत्कृष्ट खेलाडी मानेको हो । अनि मात्रै मेस्सीलाई ।

२०१०–२०१९ को अवधिमा रोनाल्डोले क्लब फुटबल र अन्तर्राष्ट्रिय फुटबलमा पाएको सफलता तथा टिमलाई च्याम्पियन बनाउन दिएको योगदानका आधारमा उनलाई दशककै सर्वश्रेष्ठ खेलाडी मानिएको हो । रोनाल्डोले सन् २०१६ मा पोर्चुगलबाट युरो कप, २०१६–२०१८ सम्म लगातार तीन सिजन च्याम्पियन्स लिग, २०१९ मा पोर्चुगलका लागि दोस्रो अन्तर्राष्ट्रिय उपाधि युइएफए नेसन्स लिग जितेको तथ्यलाई प्रमुख आधार मानेको छ भने फरक–फरक देशका लिगबाट पाएको सफलतालाई पनि आधार मानेको छ । यस दशकमा रोनाल्डोले स्पेनिस रियल मड्रिड र युभेन्टसबाट खेले । सोक्रममा उनले चार च्याम्पियन्स लिग, चार बालोन डि‘ओरसहित दुई अन्तर्राष्ट्रिय उपाधि जिते ।

समग्र विधामा दशककै सर्वश्रेष्ठ खेलाडीमा भने अमेरिकन टेनिस खेलाडी सेरेना विलियम्स छन् । दोस्रो स्थानमा रासिङ ड्राइभर लेविस हामिलटन रहेका छन् । टप–२० सूचीमा फुटबल विधाबाट ३ जना मात्रै परेका छन् ।

हेरौं पूरा सूची

प्रकाशित मिति १४ पुष २०७६, सोमबार २१:४९
Loading...