हाजार्ड २०१९ को वर्ष खेलाडी घोषित

एजेन्सी, पुस १४
स्पेनिस रियल मड्रिडका स्टार खेलाडी इडेन हाजार्ड बेल्जियमको वर्ष खेलाडी घोषित भएका छन् । राष्ट्रिय टिमका कप्तान हाजार्ड २०१९ का लागि सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । सोमबार बेल्जियमको फुटबल संघले अफिसियल प्रेस विज्ञप्ति जारी गर्दै हाजार्डलाई २०१९ का लागि वर्ष खेलाडी घोषित गरेको हो । संघले फ्यानहरूको भोटबाट हाजार्ड वर्ष खेलाडी घोषित भएको जनाएको छ ।

वर्ष २०१९ मा हाजार्डले कूल ८ खेल खेल्दै ५ गोल गरेर ७ गोलका असिस्ट गरेका थिए, जुन निकै राम्रो तथ्यांक हो । हाजार्डले हालसम्म बेल्जियमका लागि १०६ खेल खेल्दै ३२ गोल गरेका छन् । गत वर्ष पनि सो अवार्ड हाजार्डल नै जितेका थिए ।

प्रकाशित मिति १४ पुष २०७६, सोमबार १९:४८
Loading...