वर्षको अन्तिम खेलमा म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं, पुस १४
इंग्लिस प्रिमियर लिग फुटबलमा वर्ष २०१९ को अन्तिम खेलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । गत राति भएको लिगको २०औं खेलमा सिटीले सेफ युनाइटेडलाई आफ्नो घरमा २–० ले हरायो ।

घरेलु मैदानमा सिटीलाई जिताउन खेलको ५२औं मिनेटमा सर्जियो अगुएरोले पहिलो गोल गरेका थिए । त्यसपछि खेलको ८२औं मिनेटमा केभिन डि ब्रुयानेले शानदार गोल गरेपछि सिटीको २–० को जित पक्का भयो ।

सिटी यसअघिको १९औं खेलमा अवे मैदानमा उल्भ्सँग ३–२ ले हारेको थियो । सो हारपछि सिटीले जितको बाटो समातेको हो । अब सिटीले २० खेलबाट ४१ अंक जोडेको छ । सिटी तेस्रो स्थानमा यथावत छ । पराजित युनाइटेड २९ अंकसहित आठौं स्थानमा छ ।

प्रकाशित मिति १४ पुष २०७६, सोमबार ०९:०८
Loading...