मेस्सीको एक वर्षको तलबभन्दा रोनाल्डोको इन्स्टाग्रामको कमाइ बढी !

एजेन्सी, पुस १३
पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सीबीच फुटबलको दुनियाँमा चर्को प्रतिस्पर्धा छ । वर्ष २०१९ मा पनि बार्सिलोनाका मेस्सी र युभेन्टसका रोनाल्डोबीच गोल संख्या, उपाधि र व्यक्तिगत अवार्डमा प्रतिस्पर्धा देखियो । फुटबलको सफलताका हिसाबले वर्ष २०१९ मेस्सीका लागि बढी सफल रहे पनि आर्थिक आम्दानीका हिसाबले भने रोनाल्डोले आफ्ना खास प्रतिस्पर्धी मेस्सीलाई निकै पछि पारेका छन् ।

रोनाल्डो र मेस्सीमध्ये क्लबको बढी तलब थाप्नेमा मेस्सी अगाडि छन् । औसतमा मेस्सीले एक वर्षमा बार्सिलोनाबाट ४० मिलियन युरो कमाइ गर्छन् भने रोनाल्डोले युभेन्टबाट ३० मिलियन युरो तलबबापत थाप्छन् । तर, वर्ष २०१९ मा सामाजिक सन्जाल इन्स्टाग्रामबाट कमाइ गर्ने सबालमा बने रोनाल्डोले मेस्सीलाई निकै पछि छाडेका छन् ।

ताजा रिपोर्टअनुसार यस वर्ष रोनाल्डोले इन्स्टाग्रामबाट मेस्सीले बार्सिलोनाबाट एक वर्षमा तलबबापत पाउने रकमभन्दा बढी कमाइ गरेका छन् । तथ्यांकअनुसार रोनाल्डोले यस वर्ष इन्स्टाग्रामबाट कूल ३८.२ मिलियन पाउन्ड (४४.८ मिलियन युरो) कमाइ गरेका छन्, जुन मेस्सीको वार्षिक तलबभन्दा करिब ८ मिलियनले बढी हो ।

इन्स्टाग्रामकै सबालमा भने मेस्सीले रोनाल्डोको कमाइको तुलनामा आधाभन्दा पनि कम मात्रै कमाएका छन् । मेस्सीले यस वर्ष इन्स्टाग्रामबाट कूल १८.७ मिलियन पाउन्ड कमाएका छन् । यो रोनाल्डोको भन्दा १९.५ मिलियन पाउन्ड कमी हो ।

इन्स्टाग्राबाट कमाइ गर्ने टप–१० सूचीमा ६ जना फुटबलर मात्रै परेका छन् । टप–१० कमाइ गर्नेमा रोनाल्डो सबैभन्दा शीर्ष स्थानमा छन् । त्यपछि मेस्सी दोस्रो स्थानमा छन् । हेरौं टप–सूची :

प्रकाशित मिति १३ पुष २०७६, आईतवार २१:२६
Loading...