प्रिमियर लिग : बर्नलीलाई हराउँदै युनाइटेड पाँचौं स्थानमा उक्लियो

काठमाडौं, पुस १३
यो सिजन खराब अवस्थाबाट गुज्रिरहेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पाँचौं स्थानमा चढेको छ । गत राति भएको यस वर्षको अन्तिम तथा लिगको २०औं खेलमा युनाइटेडले अवे मैदानमा बर्नलीलाई ०–२ ले हरायो ।

बर्नलीलाई अवे मैदानमा जिताउन एन्थोनी मार्सियाल र मार्कुस रासफोर्डले १–१ गोल गरे । युनाइटेडले खेलको ४४औं मिनेटमा मार्सियालको सुन्दर गोलबाट अग्रता लिएको थियो । उनले बर्नलीका गोलकिपरलाई बिट गर्दै सहजै गोल गरेका थिए ।

त्यसपछि खेलको इन्जुरी समयको पाँचौं मिनेटमा रासफोर्डले गोल गरे । उनले बक्स भित्रबाट निकै चलाखीपूर्वक गोल गरेपछि खेल युनाइटेडले ०–२ ले जित्यो ।

यो जितपछि युनाइटेडले २० खेलबाट ३१ अंक जोडेर पाँचौंमा चढेको छ । उसले टोटनह्यामलाई १ अंकले पछि पारेको हो । पराजित बर्नली २० खेलबाट २४ अंकसहित १३औं स्थानमा छ ।

प्रकाशित मिति १३ पुष २०७६, आईतवार ०९:०९
Loading...