बार्सिलोनाका युवा मिडफिल्डर लोनमा बेटिसमा अनुबन्ध

एजेन्सी, पुस १२
स्पेनिस बार्सिलोनाले आफ्ना युवा मिडफिल्डर कार्लेस अलिनालाई लोनमा लिग प्रतिस्पर्धी क्लब रियल बेटिस पठाएक्के छ । आज दुवै क्लबले अफिसियल रूपमा खेलाडी बिदाइ तथा अनुबन्धको घोषणा गरेका हुन् । दुई क्लबको सम्झौताअनुसार अलिना यो सिजनको अन्त्यसम्म मात्रै बेटिसमा रहनेछन् । सम्झौतामा बेटिसले खेलाडी किन्न पाउने विकल्प छैन ।

बार्सिलोनाको सिनियर टोलीमा नियमित रूपमा खेल्न नपाएपछि २१ वर्षीय अलिना पनि क्लब छाड्न तयार भएका हुन् । उनले सन् २०१६–१७ सिजनमा कोपा डेल रे फुटबलमा हेरक्युजविरुद्धको खेलमा डेब्यु गरेर गोलसमेत गरेका थिए । सोही गोलको मदतमा बार्सिलोना हारबाट बचेको थियो । अलिनाले बार्सिलोनामा हालसम्म सिनियर टोलीमा कूल ३९ खेल खेलेर ३ गोल गरेका छन् । पछिल्लो समय प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले उनलाई समय–समयमा मात्रै बेन्चबाट खेलाउँदै आएका थिए ।

प्रकाशित मिति १२ पुष २०७६, शनिबार १८:५९
Loading...