बार्सिलोनाले बोलाउँछ भने सबथोक छाडेर भालि नै पुग्छु : पेड्रो

एजेन्सी, पुस १२
इंग्लिस क्लब चेल्सीका विंगर पेड्रो रोड्रिग्वेजले पूर्वक्लब स्पेनिस बार्सिलोना फर्किने इच्छा व्यक्त गरेका छन् । हाल ३२ वर्ष पुगेका उनले यदि बार्सिलोनाले बोलाउँछ भने आफू सबथोक छाडेर २४ घन्टाभित्रै बार्सिलोना पुग्ने बताएका छन् ।

पेड्रो सन् २०१५ मा बार्सिलोना छाडेर चेल्सी पुगेका थिए । इंग्ल्यान्डमा चौथो सिजन बिताइरहेका उनले उचित समयमा क्लब छाड्ने इच्छा जाहेर गरेका हुन् । चेल्सीसँग उनको सम्झौता यसै सिजनको अन्त्यसँगै सकिँदैछ ।

‘यदि उनीहरूले मलाई बालाए भने म सबथोक छाडेर २४ घन्टामै त्यहाँ पुग्नेछु,’ पेड्रोले एक अन्तवार्तामा बोल्दै भनेका छन् ।

यो सिजनको सुरुमा आर्थत् प्रि–सजनमा बार्सिलोनाविरुद्ध खेल्दा आफूले बार्सिलोना फर्किने सम्भावनाको बाटो देखेको पेड्रोले बताए । ‘यो सिजनअघि प्रि–सिजनमा हामीले बार्सिलोनाविरुद्ध खेल्यौं । र, त्यसबेला भाल्भर्डेसँग कुरा भएपछि मैले पुनः बार्सिलोना फर्किने सम्भावना देखेको छु,’ पेड्रोले भने ।

पेड्रोले आफू फेरि बार्सिलोना फर्किन पाउँदा ज्यादै खुसी हुने बताए । ‘इंग्ल्यान्डमा पनि मैले सम्भवा हुने सफलता पाएको छु । तर, बार्सिलोना फर्किनुको मज्जा अर्कै हुन्छ,’ पेड्रोले भनेका छन् ।

प्रकाशित मिति १२ पुष २०७६, शनिबार १५:४४
Loading...