म बुद्धिमान छु र मसँगै कुनै कमजोरी छैन : रोनाल्डो

एजेन्सी, पुस ११
इटालियन क्लब युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले फुटबलको विषयमा आफूसँग कुनै दोष वा कमजोरी नरहेको र आफू बौद्धिक रहेको बताएका छन् । इटालीको एक पत्रिकासँग कुरा गर्दै रोनाल्डोले आफ्नै विषयमा भनाइ राखेका हुन् ।

रोनाल्डोले आफू १५ वर्षदेखि विश्व फुटबलको केन्द्रमा रहेको उल्लेख गर्दै आफूले सबैखाले अनुभव संगालेको र आफूसँग फुटबलको बौद्धिकता रहेको बताए । उनले आफूसँग एक खेलाडीका रूपमा कुनै दोष वा कमजोरी नरहेकोमा जोड दिए ।

‘तपाईं फुटबलको कुरा गर्दै हुनुहुन्छ भने अवश्य पनि, म बुद्धिमान छु । दोष–कमजोरी ? मसँग त्यस्तो केही पनि छैन । म सधैं एक स्पष्ट व्यावसायिक फुटबलरका रूपमा रहँदै आएको छु,’ रोनाल्डोले भने ।

रोनाल्डोले युभेन्टसबाट पहिलो घरेलु उपाधि जित्दाको अनुभव पनि सुनाए । उनले आफूले सानो वा ठूलो जस्तो भए पनि सधैं उपाधि जित्न मन पराउने बताए । ‘उपाधि भनेको उपाधि नै हो । यो च्याम्पियन्स लिग वा सिरी ए वा नेसन्स लिगले केही फरक पार्दैन,’ रोनाल्डोले भने, ‘म सधैं जित्न मन पराउँछु ।’

प्रकाशित मिति ११ पुष २०७६, शुक्रबार २०:३६
Loading...