प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको प्रभावशाली जित

काठमाडौं, पुस ११
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा म्यानचेस्टर युनाइटेडले प्रभावशाली जित निकालेको छ । गत राति भएको लिगको १९औं खेलमा युनाइटेडले आफ्नो घरेलु मैदानमा न्युक्यास्टलविरुद्ध ४–१ को जित निकालेको हो ।

ओल्ड ट्राफोर्डमा युनाइटेड खेलको १७औं मिनेटमा गोल खाएर पछि परेको थियो । तर, त्यसपछि उसले शानदार पुनरागमन गर्न सक्यो । १७औं मिनेटमा न्युक्यास्टलका लागि माटी लङ्स्टफले गोल गर्दै घरेलु टोलीलाई झट्का दिएका थिए ।

त्यसपछि खेलको २४औं मिनेटमा युनाइटेडका लागि एन्थोनी मार्सियालले गोल गर्दै खेल १–१ बनाए । लगत्तै खेलको ३६औं मिनेटमा मासोन ग्रीनउडले गोल गरे भने खेलको ४१औैं मिनेमा मार्कुस रासफोर्डले दर्शनीय हेडिङमार्फत् गोल गरेपछि पहिलो हाफमा युनाइटेड ३–१ ले अघि रह्यो ।

त्यसपछि खेलको ५१औं मिनेटमा मार्सियालले न व्यक्तिगत दोस्रो गोल गरे । अनि बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि खेल युनाइटेडले ४–१ ले जित्यो । अब यो जितपछि युनाइटेड १९ खेलबाट २८ अंक जोडेर सातौं स्थानमा चढेको छ । पराजित न्युक्यास्टल २५ अंकसहित दशौं स्थानमा छ ।

प्रकाशित मिति ११ पुष २०७६, शुक्रबार ०८:३०
Loading...