प्रिमियर लिग : टोटनह्यामको कमब्याक जितमा अली नायक

काठमाडौं, पुस १०
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले महत्त्वपूर्ण जित निकालेको छ । बिहीबार भएको लिगको १९औं खेलमा टोटनह्यामले पछि परेको अवस्था उल्टाएर भ्रमणकारी टोली ब्राइटनविरुद्ध २–१ को जित निकालेको हो ।

आफ्नो घरेलु मैदानमा टोटनह्याम खेलको ३७औं मिनेटमा गोल खाएर पछि परेको थियो । सो गोल अडाम वेवस्टरले गरेका थिए । त्यसअघि टोटनह्यामका लागि ह्यारी केनको १ गोल रद्द भएको थियो ।

पहिलो हाफमा पछि परेको टोटनह्याम दोस्रो हाफमा खेलमा फर्कियो । ५३औं मिनेमा केनले शानदार गोल गर्दै खेल १–१ बनाए । त्यसपछि खेलको ७२औं मिनेटमा डेले अलीले गोल गरेपछि खेल टोटनह्यामले २–१ ले जित्यो । अब यो जितपछि टोटनह्यामले १९ खेलबाट २९ अंक जोडेको छ । पराजित ब्राइटन २० अंकसहित १३औं स्थानमा छ

प्रकाशित मिति १० पुष २०७६, बिहीबार २१:२१
Loading...