एजेन्सी, पुस ९
इंग्लिस प्रिमियर लिगको सबैभन्दा उत्कृष्ट खेलाडीमा बेल्जियन मिडफिल्डर केभिन डे ब्रुयाने बनेका छन् । हालै ‘स्पोर्टस् मेल’ ले सार्वजनिक गरेको वरीयताअनुसा सिटीका प्रमुख खेलाडी लिगकै सबैभन्दा उच्च वरीयताका खेलाडी बनेका हुन् ।
सार्वजनिक ‘पावर र्याङकिङ’ मा उनी पहिलो नम्बरमा छन् । ब्रुयानेले अघिल्लो साता लिगमा आर्सनलविरुद्धको खेलमा शानदार प्रदर्शन गर्दै २ गोलसहित असिस्टसमेत गरेका थिए ।
यता, वरीयताको दोस्रो स्थानमा लेस्टर सिटीका जिमी भर्डी रहेका छन् । यस सिजन उनले सिटीका लागि १७ गोल हाानेका छन् । तेस्रो स्थानमा लिभरपुलका साडियो माने छन् । चौथोमा लेस्टरकै जेम्स म्याडिसन छन् भने पाँचौंमा चेल्सीका फरवार्ड विलियन छन् ।
छैटौंमा साउथनह्यामपनटका फरवार्ड ड्यानी इङ्ग रहँदा सातौंमा सिटीका रहिम स्टर्लिङ छन् । आठौंमा म्यानचेस्टर युनाइटेडका मार्कुस रासफोर्ड रहँदा नवौंमा चेल्सीका मासुन माउन्ट र दशौंमा सिटीका रियाद महारेज छन् ।
प्रकाशित मिति ९ पुष २०७६, बुधबार १४:४६