‘फ्रेन्च बेस्ट प्लेयर अफ् द इयर’को अवार्ड एमबाप्पेलाई

एजेन्सी, पुस ८
फ्रान्सको सबैभन्दा प्रतिष्ठित अवार्ड मानिने ‘फ्रेन्च बेस्ट प्लेयर अफ् द इयर’को अवार्ड फ्रान्सको राष्ट्रिय टोली तथा पिएसजीका युवा फरवार्ड केलियन एमबाप्पेले जितेका छन् । ‘फ्रान्स फुटबल’ले दिने सो अवार्डमा एमबाप्पेले स्पेनिस रियल मड्रिडका राफाएल भाराने र बार्सिलोनाका एन्टोनी ग्रीजम्यानलाई पछि पार्दै बाजी मारेका हुन् ।

अघिल्लो वर्ष फ्रान्सलाई विश्वकप जिताउनेक्रममा उत्कृष्ट प्रदर्शन गर्दै युवा खेलाडीको अवार्ड जितेका उनले फ्रान्सको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत अवार्डमा बाजी मारेका हुन् । २० वर्षीय एमबाप्पेले पहिलोपटक यो अवार्ड जितेका हुन् । यसअघि फ्रान्स फुटबलले नै दिने बालोन डि‘ओर अवार्डमा एमबाप्पे छैटौं स्थानमा परेका थिए ।

फ्रान्सले विश्वकप जित्दा ग्रीजम्यान र भारानेले उत्तिकै योगदान गरे पनि क्लब फुटबलमा राम्रो गरेकाले एमबाप्पेले अवार्ड जितेका हुन् । यो अवार्डका लागि सीमित पत्रकार र अघिल्ला वर्ष यो अवार्ड जितेका खेलाडीले भोट गर्ने गर्छन् ।

प्रकाशित मिति ८ पुष २०७६, मंगलवार १८:००
Loading...