रोनाल्डो हिँडेपछि रियल मड्रिडलाई गोल संख्यामा ठूलो घाटा : यस्तो छ तथ्यांक

काठमाडौं, पुस ८
क्रिस्टियानो रोनाल्डोले ९ वर्षे स्पेन बसाइ बिट मारेर इटालियन क्लब युभेन्टस गएपछि रियल मड्रिडलाई गोल संख्यामा प्रत्यक्ष घाटा देखिएको छ । सन् २००९ मा रियल मड्रिड पुगेर ९ वर्ष टोलीमा प्रमुख खेलाडीका रूपमा रहँदा रोनाल्डोले हरेक सिजन ५० भन्दा बढी गोल गर्थे ।

तर, उनले रियल छाड्दा क्लबलाई पनि त्यसको सोझो असर परेको छ । रोनाल्डो हुँदा रियलको वार्षिक गोल संख्या जति हुन्थ्यो, उनी हिँडेपछि करिब ५० आसपास गोलले कमी देखिएको छ । २०१८ र २०१९ को तथ्यांक हेर्दा पनि यो देखिन्छ ।

वर्ष २०१९ को मात्रै रेकर्ड हेर्दा रोनाल्डो हुँदा र नहुँदा ठीक ४२ गोलको फरक देखिएको छ । वर्ष २०१८ मा रियल मड्रिडले कूल १४२ गोल गरेको थियो भने २०१९ मा मात्रै १०० गोल गर्न सक्यो ।

हेरौं तथ्यांक :

  • २०१० – १३० गोल
  • २०११ – १६७ गोल
  • २०१२ – १५६ गोल
  • २०१३ – १५६ गोल
  • २०१४ – १७८ गोल
  • २०१५ – १४० गोल
  • २०१६ – १५२ गोल
  • २०१७ – १५६ गोल
  • २०१८ – १४२ गोल
  • २०१९ – १०० गोल

प्रकाशित मिति ८ पुष २०७६, मंगलवार ०९:११
Loading...