बार्सिलोनाले भिडाललाई लोनमा बेच्ने

एजेन्सी, पुस ७
स्पेनिस बार्सिलोनाका मिडफिल्डर अर्टुरो भिडाललाई क्लबले जनवरी सिजनमा बिदा गर्ने चर्चा सुरु भएको छ । चिलियन मिडफिल्डरलाई इटालीको क्लब इन्टर मिलानले भित्र्याउन अहिले बार्सिलोनासँग सम्पर्क अघि बढाएको छ ।

बार्सिलोनामा अक्सर बेन्चबाट खेल्दै आए पनि टोलीमा गहिरो प्रभाव छाडिरहेका भिडाललाई ‘बिग गेम’ प्लेयरका रूपमा लिइन्छ । तर, टोेलीमा मिडफिल्डरको भिड बनेपछि क्लबले केही खेलाडीलाई बेच्दैछ ।

अहिले बार्सिलोनाको मिडफिल्डमा सर्जियो बुस्केट्स, इभान राकिटिक, फ्रेन्की डे जोङ, अर्थुर, भिडालसहितका खेलाडी छन् । अर्थुर र डे जोङलाई नियमित रूपमा खेलाउन पनि क्लबले राकिटिक र भिडालमध्ये एक खेलाडीलाई जनवरीमै बेच्ने चर्चा छ ।

मिलानले भिडाललाई बार्सिलोनाबाट लोनमा भित्र्याउन चाहेको छ । स्पेनिस मिडियाका अनुसार मिलानले ३२ वर्षका भिडाललाई ५ मिलियन युरो तिरेर लोनमा भित्र्याउन प्रयास गरिरहेको छ ।

प्रकाशित मिति ७ पुष २०७६, सोमबार २१:३३
Loading...