‘अफ्रिकन प्लेयर अफ् द इयर’ अवार्डमा सालाह, माने र महारेजको भिडन्त

एजेन्सी, पुस ६
अफ्रिकन क्षेत्रको सर्वोत्कृष्ट खेलाडीको टप–३ मनोनयन सार्वजनिक भएको छ । यस वर्ष ‘अफ्रिकन प्लेयर अफ् द इयर’को टप–३मा सबै इंग्लिस प्रिमियर लिग क्लबका खेलाडी छन् ।

जसमा अवार्डका लागि यसपटक लिभरपुलका मोहमद सालाह, लिभरपुलकै साडियो माने र म्यानचेस्टर सिटीका रियाद महारेजबीच भिडन्त हुने भएको छ । अवार्डको घोषणा जनवरी ७ तारिखमा हुनेछ ।

गत सिजन लिभरपुलबाट च्याम्पियन्स लिग र यस वर्ष युइएफए सुपर कप तथा हालै क्लब विश्वकपको उपाधि जितेकाले माने र सालाहलाई यस अवार्डका लागि प्रमुख दाबेदार मानिएको छ ।

प्रकाशित मिति ७ पुष २०७६, सोमबार २१:३०
Loading...