टर स्टेगेनलाई ‘क्लिन सिट’ राख्नै मुस्किल : यस्तो छ ‘खराब’ तथ्यांक

एजेन्सी, पुस ७
स्पेनिस बार्सिलोनाका पहिलो रोजाइका गोलरक्षक मार्क आन्द्रे टर स्टेगेनका लागि यो सिजन खराब देखिएको छ । क्याटलान टिममा पहिलो रोजाइमा रहेर गोल पोस्ट सम्हाल्ने जर्मन गोलरक्षकले गत सिजनको तुलनामा यो सिजन निकै खराब सिजन बिताइरहेका छन् ।

टिम बार्सिलोना यतिबेला आधा सिजन सकिँदा ला लिगाको शीर्ष स्थानमा छ । च्याम्पियन्स लिगको अन्तिम १६ मा पनि समूह विजेता बनेर प्रवेश गरेको छ । तर, गोल पोस्ट सम्हाल्ने स्टेगेनले यो सिजन तुलनात्मक रूपमा बढी गोल खाएका छन् । बार्सिलोनाको खस्किँदो रक्षापंक्ति यसको प्रमुख कारण हो ।

जारी सिजन उनले ला लिगा र च्याम्पियन्स लिग गरी कूल २३ खेल खेलेका छन् । तर, यस बीचमा २३ खेल खेल्दा उनले मात्रै ५ क्लिन सिट राखेका छन् । जबकि, यो गत सिजनको भन्दा निकै कम हो । उनले यो सिजन ला लिगाका १८ मा १८ वटै खेलमा खेलेका छन् भने च्याम्पियन्स लिगमा ६ मध्ये ५ खेल खेलेका छन् ।

सोक्रममा उनले च्याम्पियन्स लिगमा दुई खेलमा क्लिन सिट राखेका छन् भने ला लिगामा १८ खेल खेल्दा मात्रै ४ खेलमा क्लिन सिट राखेका छन्, जुनै निकै खराब अवस्था हो । सबैखाले प्रतियोगिताबाट उनले कूल २३ खेल खेल्दा ६ खेलमा मात्रै क्लिन सिट राखेका छन् । उनले ला लिगामा रियल मड्रिडविरुद्ध ०–० र सेभिल्लाविरुद्ध ०–० को बराबरी खेल्दा गोल खाएनन् भने गेटाफेविरुद्ध ०–२ को जित र एथ्लेटिको मड्रिडविरुद्ध ०–१ को जि निकाल्दा गोल खाएनन् ।

यता, च्याम्पियन्स लिगमा बोरुसिया डर्टमुन्डविरुद्ध ०–० को बराबरी र स्लाभिया प्रहारविरुद्ध ०–० को बराबरी खेल्दा पनि गोल खाएनन् । खेलेका बाँकी ३ खेलमा उनले गोल खाएका थिए । बार्सिलोनाले यो सिजन ला लिगामा कूल ४७ गोल गरेको छ भने आफूले २१ गोल खाएको छ । बार्सिलोनाले २१ गोल खाँदा सबै खेलमा टर स्टेगेन नै गोलकिपर थिए । यता, च्याम्पियन्स लिगमा ५ खेल खेल्दा दुई लिक्न सिट राख्दा टर स्टेगेनले ३ गोल खाएका छन् ।

त्यसो त टर स्टेगेनले केही खेलमा निकै शानदार प्रदर्शन गरेका छन् । तर, समग्रमा भने उनको तथ्यांक सन्तोषजनक छैन । यो सामान्यभन्दा बढी खराब देखिन्छ । तथ्यांंकले यो भन्छ कि, बार्सिलोनाको रक्षापंक्ति हरेक सिजन खस्किँदै गइरहेको छ । रक्षापंक्तिको पर्खाल फितलो भन्दै गइरहेको छ । टर स्टेगेनले बार्सिलोनाको पोस्ट सम्हाल्न थालेयता उनी यो सिजन सबैभन्दा खराब सिजनका रूपमा बिताइरहेका छन् । जारी सिजनको यहाँसम्मको तथ्यांकले यही भन्छ । अंकमा हेरौं–

  • कूल खेल संख्या – २३
  • कूल क्लिन सिट – ६
  • खाएको गोल – २४
  • ला लिगामा खेल– १८
  • ला लिगामा क्लिन सिट– ४
  • च्याम्पियन्स लिगमा खेल –५
  • क्लिन सिट –२

प्रकाशित मिति ७ पुष २०७६, सोमबार २०:२९
Loading...