मेस्सी क्रिसमस मनाउन अर्जेन्टिनामा

एजेन्सी, पुस ७
स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सी क्रिसमस पर्व तथा नयाँ वर्ष मनाउन घर फर्किएका छन् । अघिल्लो दिन उनी आफ्नी पत्नी र ३ जना छोराहरूसहित अर्जेन्टिना फर्किएका हुन् ।

मेस्सी आइतबारै अर्जेन्टिनास्थित आफ्नो घर भएको सहर रोजारियो उत्रिसकेका छन् । निजी विमानबाट घर पुगेका उनको साथमा पत्नी एन्टोनेल्ला, थियागो, माटेओ सिरोसमेत छन् । मेस्सीले अर्जेन्टिनामा १० दिनसम्म रहँदा परिवार र साथीभाइसँग क्रिसमस तथा नयाँ वर्ष मनाउनेछन् ।

शनिबार बार्सिलोनाले ला लिगामा २०१९ को अन्तिम खेल आफ्नो घरमा अलाभेससँग खेलेको थियो । ४–१ ले जितेको सो खेलमा मेस्सीले १ गोल गर्दै यस वर्षको ५०औं गोल पूरा गरेका थिए ।

मेस्सीसँगै बार्सिलोनाका अन्य सबैजसो खेलाडी बिदामा हिँडेका छन् । बार्सिलोनाले आगामी खेल जनवरी ४ तारिखमा इस्पान्योलसँग अवे मैदानमा खेल्दैछ । मेस्सीसहितका खेलाडी जनवरी २ तारिखसम्ममा बार्सिलोना फर्किसक्नेछन् ।

प्रकाशित मिति ७ पुष २०७६, सोमबार १३:३६
Loading...