प्रिमियर लिगमा आज टोटनह्याम र चेल्सीको भिडन्त हुँदै

काठमाडौं, पुस ६
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज एक रोमाञ्चक खेल हुँदैछ । जहाँ लिगका दुई बलिया टिम टोटनह्याम र चेल्सी सिजनको पहिलो भिडन्त गर्दैछन् । यो खेल टोटनह्यामको घरेलु मैदानमा नेपाली समयअनुसार राति १०ः१५ बजेबाट सुरु हुनेछ ।

पछिल्लो समय उत्कृष्ट लयमा रहेको टोटनह्याम आज आफ्नो घरमा चेल्सीलाई हराए ३ अंक जोड्दै लिगको चौथो स्थानमा उक्लिने दाउमा छ । चेल्सीको दाउ भने आजको खेल जितेर म्यानचेस्टर सिटीसँगको अंक दूरी घटाउनु हुनेछ ।

हाल लिगमा लिभरपुल एक खेल कम खेलेको अवस्थामा ४९ अंकसहित शीर्ष स्थानमा छ । लेस्टर सिटी ३९ अंकसहित दोस्रो स्थानमा छ भने म्यानचेस्टर ३८ अंकसहित स्रोमा छ । चेल्सी २९ अंकसहित चौथोमा छ । टोटनह्याम २६ अंक बनाएर सातौं स्थानमा छ ।

आजै लिगको अर्को खेलमा वाटफोर्ड र म्यानचेस्टर युनाइटेडको भिडन्त पनि हुनेछ । यो खेल वाटफोर्डको घरमा राति ७ः४५ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति ६ पुष २०७६, आईतवार १२:४८
Loading...