आज एथ्लेटिको र रियल मड्रिड वर्षको अन्तिम खेल खेल्दै

काठमाडौं, पुस ६
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज यस वर्षका अन्तिम पाँच खेल हुँदैछन् । तीमध्ये आज केही महत्त्वपूर्ण खेल पनि हुँदैछन् । लिगका उपाधि दाबेदार टिम एथ्लेटिको मड्रिड र रियल मड्रिडले आज आ–आफ्नो खेल खेल्दैछन् ।

आज एथ्लेटिकोले अवे मैदानमा रियल बेटिससँग खेल्नेछ भने रियल मड्रिडले आफ्नो घरमा एथ्लेटिक बिल्बाओसँग खेल्नेछ । एथ्लेटिको आजको खेलमा स्पष्ट जित निकालेर अंक तालिकामा अवस्था सुधार्न चाहन्छ ।

यता, रियल भने वर्षको अन्तिम खेल जित्न मात्रै चाहँदैन, ऊ लिग लिडर बार्सिलोनासँग अंक पनि बराबरी गर्न चाहन्छ । बार्सिलोनाले गत राति आफ्नो १८औं खल जितेर ३९ अंकसहित लिगको शीर्ष स्थानमा छ ।

रियल एक खेल कम खेलेको अवस्थामा ३६ अंकसहित दोस्रो स्थानमा छ । रियल आज आफ्नो खेल जितेर बार्सिलोनासँग अंक बराबरी गर्दै यस वर्षलाई बिदा गर्ने योजनामा छ ।

आजका खेल र समय :

लेगानेस भर्सेस इस्पान्योल – अपराह्न ४ः४५ बजे

ओसासुना भर्सेस रियल सोसिडाड – साँझ ६ः४५ बजे

रियल बेटिस भर्सेस एथ्लेटिको मड्रिड – राति ८ः४५ बजे

लेभान्टे भर्सेस सेल्टा भिगो – राति ११ः१५ बजे

रियल मड्रिड भर्सेस एथ्लेटिक बिल्बाओ – राति १ः४५ बजे

प्रकाशित मिति ६ पुष २०७६, आईतवार १२:४६
Loading...