वर्ष २०१९ मा बार्सिलोनाले बनायो रेकर्ड

काठमाडौं, पुस ६
स्पेनिस ला लिगा फुटबलमा गत राति बार्सिलोनाले आफ्नो घरमा यस वर्षको अन्तिम खेलमा अलाभेसलाई ४–१ ले हरायो । सो खेलपछि बार्सिलोनाले वर्ष २०१९ मा एक महत्त्वपूर्ण कीर्तिमान पनि बनाएको छ ।

बार्सिलोना वर्ष २०१९ मा सबैखाले प्रतियोगिता गरेर आफ्नो घरमा खेलेका खेलमा अपराजित रह्यो । र, यस्तो सिंगै वर्षमा बार्सिलोनाले आफ्नो घरमा एक खेल पनि नहारेको सन् २०११ पछि पहिलोपटक हो । यसअघि २०११ मा पनि बार्सिलोना सिंगै वर्षमा आफ्नो घरमा कुनै खेल हारेको थिएन ।

यस वर्ष बार्सिलोनाले घरेलु मैदानमा सबैखाले प्रतियोगिता गरेर कूल २८ खेल खल्यो । जसमा २४ खेलमा स्पष्ट जित निकाल्यो भने ४ खेलमा बराबरी गर्दा क्याम्प नोउमा उसले हारको स्वाद चाख्नु परेन ।

प्रकाशित मिति ६ पुष २०७६, आईतवार ११:५४
Loading...