रोड्रिग्वेज दुई महिनापछि प्रशिक्षणमा फर्किए

एजेन्सी, पुस ५
स्पेनिस रियल मड्रिडका कोलम्बियन मिडफिल्डर हामेस रोड्रिग्वेज लामो समयपछि प्रशिक्षणमा फर्किएका छन् । चोटका कारण थलिएका उनी करिब दुई महिनापछि शुक्रबारबाट टोलीसँगै प्रशिक्षणमा फर्किएका हुन् ।

रियल मड्रिडले अफिसियल रूपमा जानकारी दिँदै रोड्रिग्वेज चोटमुक्त हुँदै टोलीमा फर्किएको बताएको छ । तर, उनले आइतबार घरेलु मैदानमा हुने वर्ष २०१९ को अन्तिम खेल खेल्ने सम्भावना भने निकै कम छ । रियलले यस वर्षको अन्तिम खेल एथ्लेटिक बिल्बाओसँग खेल्नेछ ।

यदि सो खेलमा उनी टोलीमा नरहे उनी २०२० को जनवरी ४ मा गेटाफेविरुद्ध हुने खेलबाट टोलीमा फर्किनेछन् । जारी सिजन उनले रियलका लागि ९ खेल खेल्दै १ गोल गरेर १ गोलमा असिस्ट गरेका छन् ।

प्रकाशित मिति ५ पुष २०७६, शनिबार २०:३८
Loading...